काठमाण्डौँ — चौधरीग्रुप सम्बद्ध कम्पनीहरूले सरकारी राजस्वमा ९ अर्ब ६७ करोड रुपैयाँ योगदान गरेको जनाएको छ ।
चौधरी ग्रुपले आर्थिक वर्ष ०७४/०७५ मा संकलन भएको कुल सरकारी राजस्वमा ग्रुप सम्बद्ध कम्पनी मार्फत गरिएको राजस्वको योगदान १.६४ प्रतिशत रहेको पनि कम्पनीले जनाएको छ ।
चौधरी ग्रुपले आर्थिक बर्ष २०७३/०७४ को तुलनामा आर्थिक वर्ष २०७४/०७५ मा २२.७२ प्रतिशत बढी राजस्व सरकारी ढुकुटीमा दाखिला गरेको भन्दै उक्त वर्ष ग्रुपले ७ अर्ब ८८ करोड रुपैयाँ राजस्वमा योगदान गरेको जनाएको छ ।
आर्थिक वर्ष ०७२/०७३ को तुलनामा भने यो राजस्व ७३ प्रतिशतले बढी रहेको चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले बताए ।
चौधरी ग्रुपले चालू आर्थिक वर्ष ०७५/०७६ मा नेपालमा २० अर्ब लगानी गर्दैछ ।
— कारोबार
FACEBOOK COMMENTS