काठमाडौँ – रातिको समयमा हुने दुर्घटना र आपराधिक क्रियाकलाप न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौंका प्रमुख सडकमा आठ हजारबत्ती जडान गर्ने भएको छ ।
बत्ती जडान गर्नका लागि महानगरपालिकाले चालू आर्थिक वर्षमा पाँच करोड बजेट विनियोजन गरेको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए ।
“सबै वडाबाट १६ हजार बत्ती जडान गर्नका लागि माग आएको छ”, उनले भने, “माग अनुसार बत्ती जडान गर्ने हो भने १० देखि १५ करोड खर्च हुने अनुमान छ ।”
रातिको समयमा हुने सडक दुर्घटना, चोरी र यात्रुलाई आवतजावत गर्नका लागि सहज होस् भनेर बत्ती राख्न लागिएको प्रवक्ता डङ्गोलले जानकारी दिए ।
आगामी वैशाखदेखि शुरु गरी यसै आर्थिक वर्षभरीमा सक्ने लक्ष्यका साथ काम अघि बढाइने पनि कामपाले जनाएको छ ।
FACEBOOK COMMENTS