काठमाण्डौँ – नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले नेपालमा उडान रोकेका १७ वटा विदेशी एयरलाइन्सबाट बक्यौता उठाउन सकेका छैनन् ।
ती एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुझाउन बाँकी रहेको ४ करोड ८४ लाख रुपैयाँ उठाउन कडाइका साथ पहल पनि भएको छैन ।
नेपालका कार्यालय बन्द गरिसकेका ती विदेशी एयरलाइन्स सम्पर्कविहीन छन् ।
बक्यौता रकम जहाज अवतरण , पार्किङ , एयर नेभिगेसज , विमानस्थल विकास शुल्क, घरभाडासहितको रकम हो ।
बन्द भइसकेका स्वदेशी १० वटा एयरलाइन्स पनि बक्यौता नबुझाई सम्पर्कविहीन छन् ।
तिनले मात्रै बुझाउनुपर्ने रकम ८ करोड ४७ लाख छ ।
– कान्तिपुर
FACEBOOK COMMENTS