बिर्तामोड – नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले महिलाहरु व्यवसायमा लाग्नु पर्ने बताएकी छन् ।
नेपाल चेम्बर अफ कमर्स अन्तरगत नेपाल महिला चेम्बरको झापा शाखा गठन कार्यक्रम माझ उनले महिला पुरुषहरुभन्दा कुनै पनि हिसाबमा कमजोर नभएकाले व्यवसाय गर्न सबल र सक्षम भएको बताएकी हुन् ।
अध्यक्ष श्रेष्ठले महिलालाई क्रियाशील र आर्थिकरुपमा सबल बनाउन चेम्बर अफ कमर्स अन्तरगत महिला विभाग देशभर गठन गर्न लागिएको जानकारी
गराएकी छन् ।
कार्यक्रममा चेम्बर अफ कमर्स, १ नम्बर प्रदेश का अध्यक्ष राजेन्द्र घिमिरेले आफैं उद्यमी व्यवसायी बनेर महिला अब सशक्तिकरणका निम्ती जाग्ने बेला आएको बताए ।
झापा चेम्बर अफ कमर्सका संस्थापक अध्यक्ष सन्तोष अग्रवालले महिला चेम्बरमा कसैलाई भेदभाव नगरी क्षमता र दक्षताका आधारमा संगठित गरिने बताए ।
नेपाल महिला चेम्बर झापा गठन
प्रेमा भट्टराइको अध्यक्षतामा नेपाल महिला चेम्बर झापा जिल्ला तदर्थ समिति गठन गरेको छ ।
वरिष्ठ उपाध्यक्षमा रेनुका डाँगी, वाणिज्य उपाध्यक्षमा निरु उप्रेती, उद्योग उपाध्यक्षमा रेखिका शर्मा, महासचिवमा शर्मिला शाक्य, उद्योग सचिवमा बिनु कट्टेल, वाणिज्य सचिवमा देवी पोखरेल र कोषाध्यक्षमा जमुना भुषाल चयन भएका छन् ।
त्यसैगरी समितिका सदस्यहरुमा शुभकुमाईं पाठक, अनिता मैनाली, भावना घिमिरे, लुना सुवेदी, प्रमिला खरेल प्रसाई, बिना बिमली, पार्वता खतिवडा, सुनिता शर्मा, हिमा भण्डारी, पारु श्रेष्ठ, गंगा मेचे, कविता पौडेल, जानुका ओली, यशोदा प्रसाईं र गीता पौडेल चयन भएका छन् ।
FACEBOOK COMMENTS