काठमाण्डौँ — लोडसेडिङ अन्त्य भइसकेकाले अब डेडिकेटेड र ट्रंकलाइन विद्युत् सेवाका लागि नयाँ महसुल दर तोकिने विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् ।
डेडिकेटेड फिडर वा ट्रंकलाइनबाट विद्युत् सेवा महसुलसम्बन्धी विषयमा जानकारी दिन सोमबार पत्रकार सम्मेलन गरी नयाँ दर तोक्न सकिने बताउँदै हालसम्मको महसुल मिनाहा भने गर्न नसक्ने जनाए।
उनले लोडसेडिङ अन्त्य भएकाले डेडिकेटेड एवं ट्रंकलाइनबाट विद्युत् सेवा लिने औद्योगिक, व्यापारिक तथा गैरव्यापारिक ग्राहकका लागि नयाँ महसुल दर तय गरी सम्बन्धित निकायको स्वीकृतिमा लागू गरिने बताए ।
त्यस्तो शुल्क प्राधिकरणले प्रस्ताव गरी विद्युत् नियमन आयोगले निर्णय गर्नुपर्ने हुन्छ।
यसअघि विद्युत् महसुल निर्धारण आयोगले महसुलको निर्णय गथ्र्यो।
विद्युत् नियमन आयोग ऐन यसै वर्ष जारी भएपछि महसुल निर्धारण आयोग विघटन भइसकेको छ।
— कान्तिपुर
FACEBOOK COMMENTS