काठमाडौं । नबिल बैंकले कर्मचारीका सन्तानलाई प्रदान गरिने शम्भु प्रसाद पौड्याल स्मृति छात्रवृत्ति हस्तान्तरण गरेको छ। काठमाडौंमा आयोजित एक कार्यक्रममा तीन जना कर्मचारीका सन्तालाई जनही रु ५० हजारका दरले उक्त छात्रवृत्ति हस्तान्तरण गरिएको हो।
बैंकले प्रेसविज्ञप्ति जारी गर्दै बैंकका कर्मचारी उदयराज खनाल, सन्देशराज भट्टराई र मरारी प्रसाद अर्यालका सन्तानलाई छात्रवृत्ति वितरण गरेको जनाएको छ। खनालका छोरी उनिका खनाल, भट्टराईका छोरा दिपसन भट्टराई र अर्यालका छोरा मुकुल अर्याले प्रशंसा पत्रसहित छात्रवृत्ति प्राप्त गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
नबिल बैंकका पूर्व अध्यक्ष स्व. शम्भु प्रसाद पौड्यालको सम्झनामा उक्त छात्रवृत्ति कोषको स्थापना गरिएको हो। यस बर्षबाट बैंकले कर्मचारी परिवारको लागि श्री शम्भु प्रसाद पौड्याल स्मृति छात्रवृत्ति सुरु गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। । स्व. पौड्यालले बैंकमा लामो समयदेखि संचालक समितिमा योगदान गर्दै आएको विज्ञप्तिमा जनाइएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘प्रत्येक वर्ष नबिल बैंकका सम्पूर्ण कर्मचारीहरुले राष्ट्रिय परिक्षाबोर्डको +२ तहमा उत्कृष्ट नतिजा ल्याउने मेहेनती तथा जेहेन्दार सन्तानहरुका नाम मनोनयन गर्न सक्दछन् । उच्च शिक्षाको लागि प्रोत्साहन गर्ने उद्देश्यसहित बैंकले यो कार्यक्रम ल्याएको हो । मनोनित कर्मचारी परिवारका सन्तानहरुबाट उत्कृष्ट नतिजा ल्याउने २ जना पुरुष र २ जना महिला सन्तानहरुलाई प्रत्येक बर्ष यो पुरस्कार प्रदान गरिने छ।’
FACEBOOK COMMENTS