काठमाण्डौँ — चितवन महिला चेम्बरको गठन भएको छ ।
शुक्रबार आयोजित चितवन महिला चेम्बर गठन तथा अन्तर्कृया कार्यक्रम माझ नयाँ कार्यसमिति गठन भएको हो ।
कार्यक्रमको उदघाटन नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले गरेका थिए ।
कार्यक्रमको उदघाटन पस्चात कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले महिला उधमीहरुद्वारा उत्पादित वस्तु तथा सेवालाई अन्तरराष्ट्रिय बजारसम्म पहुच पुर्याउन नेपाल चेम्बरले सक्दो सहयोग गर्ने बताए ।
त्यस्तै महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले नवगठित समितिले महिला उधेमीहरुलाई एकत्रित गरि महिलाको आर्थिक सशक्तिकरण र सुखी नेपाली सम्ब्रिद्ध नेपालको नारालाई सफल पार्न लागि पर्ने आशा ब्यक्त गर्दै हरेक क्षेत्रमा महिलाको सहभागिताबाट नै देश विकास हुने धारणा राखेकी थिईन ।
कार्यक्रममा भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाहले महिला सशक्तिकरणका निम्ती महिलामा उधेमशिताको विकास गर्न आवश्यक रहेको धारणा ब्यक्त गर्दै भरतपुर महानगर क्षेत्र भित्र महिला उधेमशिलता विकास सम्बन्धी शिप विकास कार्यक्रमले ब्यापकता पाउदै गईरहेको बताईन ।
FACEBOOK COMMENTS