काठमाण्डौँ — नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयरको बिक्री शुरु भएको छ।
संस्थाले एक करोड ६१ लाख ७७ हजार ८०० रुपैयाँ बराबरको एक लाख ६१ हजार ७७८ कित्ता साधारण शेयर बिक्री गर्न लागेको हो।
कूल जारी पूँजीको ३२.५ प्रतिशत साधारण शेयर बिक्री गर्न लागिएको बताइएको छ।
साधारण शेयर बिक्री बन्द छिटोमा यही वैशाख ११ गते र ढिलोमा आगामी जेठ ६ गते हुने छ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआइ मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।

सो संस्थाको साधारण शेयरमा न्यूनतम १० देखि अधिकतम ८०० कित्तासम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ।
— नागरीक
