काठमाडौँ । नबिल बैंक र नेपाल बंगलादेश बैंकबीचको मर्जरको काम पुरा भएको छ। बुधबार राष्ट्र बैंकको सञ्चालक समितिले दुबै बैंकलाई मर्जरका लागि अन्तिम स्वीकृति दिने निर्णय पुरा गरेको हो।
केहीदिन अघि बैंकका कर्मचारीको बरियतालाई लिएर विवाद भएको थियो। बैंकहरुले राष्ट्र बैंकको पत्र नपाइसकेको स्रोतको भनाइ छ।
राष्ट्र बैंकबाट पत्र प्राप्त भएपछि आगामी दुई साताभित्र एकीकृत कारोबारमा जाने स्रोतको भनाइ छ। स्रोतका अनुसार असार २७ गतेदेखि नै एकीकृत कारोबारमा जाने तयारी भइरहेको छ
नबिल बैंकले बंगलादेश बैंकको १ सय कित्ता सेयरलाई आफ्नो ४३ कित्ता हुने गरी (१००ः४३) सेयर मिलान अनुपातमा गाभ्न लागेको हो । मर्जरपछि बन्ने नयाँ बैंकको प्रमुख कार्यकारी अधिकृतमा बंगलादेशका निवर्तमान सीइओ ज्ञानेन्द्र ढुंगाना हुने निश्चित भइसकेको छ ।
FACEBOOK COMMENTS