काठमाण्डौँ — बैंक अफ काठमाण्डूले महिलालाई लक्षित गरी नयाँ गृहलक्ष्मी सेभिङ खाता सञ्चालनमा ल्याएको छ ।
यस खातामा ५.२५ प्रतिशत ब्याज भुक्तानी गरिने योजना रहेको बैंकले जनाएको छ ।
यस खातामा निःशुल्क ३ वर्ष अवधि भएको एटिएम कार्ड, पहिलो वर्षका लागि निःशुल्क बिओके स्मार्ट, लकर सुविधामा ५० प्रतिशत छुट, निःशुल्क ब्यालेन्स सर्टिफिकेट र रिटेल कर्जा प्रवाह शुल्कमा ०.२५ प्रतिशत छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ ।
— नयाँ पत्रिका
FACEBOOK COMMENTS