काठमाडौं । समृद्धि फाइनान्सले आफ्नो सातौं शाखाको रुपमा बनेपा शाखा कार्यालयको उद्घाटन गरेको छ ।
बनेपा नगरपालिकाका मेयर शान्ती रत्न शाक्यले सोमबार उक्त शाखाको उद्घाटन गरेका हुन् । शाखा कार्यलयको उद्घाटन कार्यक्रममा फाइनान्सका अध्यक्ष ठाकुर प्रसाद भट्टराई, प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनी, बनेपा उ।वा। संघका उपाध्यक्ष कैलाश पलान्चोके , बनेपा न।पा। वार्ड नं ८ का वार्ड अध्यक्ष शुभलक्ष्मी मानन्धरको उपस्थिति रहेको थियो । फाइनानसले छिटै नै आठौं शाखाको रुपमा जनकपुर शाखाको पनि उदघाटन गर्ने जानकारी फाइनान्सका प्रमुख व्यवसाय प्रवद्र्धक अधिकृत सुरज कुमार सर्राफले जानकारी दिएका छन् ।
समृद्धि फाइनान्सले मुद्धति हाल निक्षेपको योजना अन्तर्गत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथ साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि संचालनमा ल्याएको छ ।
FACEBOOK COMMENTS