काठमाडाैं। शेयर बजार ओरोलो लाग्ने क्रम सोमबार पनि कायमै रह्यो । साताकाे दाेस्राे दिन साेमबार नेप्से परिसुचक १३ दशमलव ५९ अंकले घटेर १९१२ दशमलव ६९ विन्दुमा पुगेको हो ।
अघिल्लो दिन पनि ११ अंकले घटेको बजार पछिल्लो समय लगातार रुपमा घटिरहेको छ । सोमबार २२५ कम्पनीको २६ लाख १३ हजार ५४० कित्ता शेयर किन बेचबाट ८३ करोड १६ लाख ३ हजार ६५१ रुपैयाँको कारोबार भएको छ । पछिल्ला केही दिन देखि शेयर बजार कारोबार रकम अर्बभन्दा तल नै रहेको छ ।
सोमबार क वर्गका कम्पन्नीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमवल ३९ अंकले घटेको छ ।
FACEBOOK COMMENTS