काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले उठाएका विषयमा निष्पक्ष छानविन गर्न राष्ट्रिय स्वतन्त्र कानुन व्यवसायी एशोसिएशनले माग गरेको छ । एशोसिएशनले मंगलबार एक विज्ञप्ती जारी गर्दै संसदको महाभियोग सिफारिस समिति समक्ष निलम्बित प्रधानन्यायाधीश जबराले उठाएका विषयमा छानविन गर्न न्याय परिषद् र नेपाल बार एशोसिएशनसँग माग गरेको हो ।
समिति समक्ष निलम्बित प्रधानन्यायाधीश जबराले विभिन्न व्यक्तिहरूलाइ आरोप तथा लाल्छना लगाएका छन् । उनले विभिन्न न्यायधीस, दलका नेता, कानुन व्यवसायीहरुले अवैधरुपमा सम्पती आर्जन गरेको अशय व्यक्त गरेका थिए । जबराले लगाएको उक्त आरोपको सत्य तथ्य छानविन गर्न एशोसिएशनले बार र परिषद्लाई माग गरेको हो ।
यसका साथै एशोसिएशनले विभिन्न ७ बुँदा उल्लेख गर्दै उक्त बुँदामा उल्लेखित विषयहरुको बारेमा छानविन गर्न माग गरेको छ । उक्त बुँदाहरुमा न्यायधीश हरिकृष्ण कार्कीको प्रतिवेदन देखि कानुनको गलत व्याख्या गर्ने कानुन व्यवसायीसम्मको विषय उल्लेख भएको छ ।
FACEBOOK COMMENTS