काठमाडाैं । विवेकशील साझा पार्टीले पार्टीलाई आर्थिक सहयोग गर्न आग्रह गरेको छ। वार्षिक ५ हजारभन्दा बढी सहयोग गर्न सक्ने सहयोगी उक्त पार्टीले खोजेको छ।
वार्षिक पाँच हजारभन्दा बढी सहयोग गर्न सक्ने ५०० जना सहयोगी आवश्यक रहेको उक्त पार्टीले जनाएको छ। विवेकशील साझाले फेसबुकमार्फत आर्थिक सहयोगका लागि अपिल गरेको छ।
साथै विवेकशील साझाकी अध्यक्ष समीक्षा बास्कोटाले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा होमिन आग्रह गरेकी छन्।
देशभरबाट योग्य, इमान्दार र क्षमतावान उम्मेदवार सिफारिस गर्नसमेत उनले केही दिनअघि आग्रह गरेकी थिइन्।
FACEBOOK COMMENTS