काठमाडौं । कुमारी बैंक लिमिटेडले प्रारम्भिक बिज रकमलाई छोटो समयमै पाँच देखि सय गुणा वृद्धि गर्ने विशेष ‘धनबृद्धि रिकरिङ्ग मुद्दती’ योजना ल्याएको छ ।
योजनामा आफ्नो चाहना तथा भविष्यको आवश्यकता अनुसार न्युतम दस हजार देखि दस लाख सम्म प्रारम्भिक बिज रकम जम्मा गरि निम्न अनुसारको धनबृद्धि लक्ष्य प्राप्त गर्न सकिन्छ ।
यस आवर्ती योजना अन्तर्गत, प्रारम्भिक बिज रकमकोे १० प्रतिशतको हिसाबले प्रत्येक महिना ग्राहाकको बचत खाताबाट सो मुद्दती खातामा रकम जम्मा हुने प्रावधान रहेको छ । यस योजनाबाट न्यून देखि उच्च आय वर्ग सबैलाई सुरक्षित भविष्यको आधार निर्माण हुने कुरामा यस बैंक विश्वस्त रहेको छ ।
यो योजना आश्विन १ देखि लागु हुने छ ।
१९८ शाखा सञ्जाल, १९५ एटिएम, ५३ शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट बैंकले सोवा दिदै आइरहेको छ ।
FACEBOOK COMMENTS