काठमाडाैं । भदौ महिनामा सुनको भाउ प्रतितोला ४ हजार बढीले घटेको छ । भदौ १ गते बुधबारदेखि भदौ ३१ गते शुक्रबारसम्म सुनको भाउ तोलामा ४ हजार ७ सय रुपैयाँले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार भदौ १ गते छापावाल सुनको भाउ प्रतितोला ९६ हजार २ सय रुपैयाँ थियो । तर, महिनाको अन्तिम दिन आज भदौ ३१ छापावाल सुनको भाउ तोलाको मूल्य ९१ हजार ५ सय रुपैयाँमा आइपुगेको छ ।
यो अवधिमा सुनको भाउ घट्ने र बढ्ने भइरहे पनि भदौ महिनाको उच्चतम् मूल्य प्रतितोला ९६ हजार २ सय र न्युनतम् ९१ हजार ५ सय रुपैयाँ हो ।
अमेरिकन फेडरल बैंकले ब्याजदर बढाउँदा यसको असर सुनको मूल्यमा परेको हो ।
आज तेजाबी सुनको भाउ तोलाको ९१ हजार रुपैयाँ छ ।
चाँदीको भाउ यो महिना तोलाको ४० रुपैयाँले सस्तिएको छ । भदौ १ गते १२ तोलाको १२ सय १० रुपैयाँ रहेको चाँदीको भाउ महिनाको अन्तिम दिन आज शुक्रबार तोलाको ११ सय ७० रुपैयाँमा आइपुगेको छ ।
FACEBOOK COMMENTS