काठमाडौं । एसजी ग्रुप अन्तर्गत ओम मोटोकर्प प्रा.लि.ले गत वर्ष नेपाली वजारमा भित्राएको इटालियन डिजाइनमा निर्मित टारो ब्राण्डकाे मोटरसाइकल तथा स्कुटरको काठमाडौं र हेटौंडा पश्चात पूर्वाञ्चलको इटहरीमा आफ्नो थप शाखा शोरुम विस्तार गरेको छ ।
विश्वकर्मा पूजाको विशेष दिनलाई लक्षित गर्दै एक औपचारिक समारोहको साथ इटहरीका विशेष अतिथिका वीच कम्पनीका म्यानेजिङ डाइरेक्टर सुदिप घिमिरे द्धारा उक्त शोरुमको उद्घाटन भएको हो ।
आकर्षक लुक्स तथा उच्चतम प्रविधिमा निर्मित टारो व्राण्डका मोटरसाइकल तथा स्कुटरको चासो पूर्वाञ्चलबाट अधिक आएको र ग्राहकको उक्त चाहना पूरा गर्न कम्पनीले उक्त शोरुमको विस्तार गरेको जानकारी दिएको छ ।
टारो व्राण्ड इटालियन डिजाइन र प्रविधिमा निर्मित भई विभिन्न देशमा विक्रि वितरण भइरहेको प्रचलित व्राण्ड हो । रेस इडिशनमा निर्मित टारोका वाइकहरु तथा स्कुटरहरु नेपाली युवाहरु माझ लोकप्रिय रहने विश्वास कम्पनीको गरेको जनाएको छ ।
हाल कम्पनीले टारो व्राण्डका GP 2 200, GP 1 250 / GP 1 400 Cc गरी तीन मोडलका वाइक नेपाली वजारमा विक्रि वितरण गर्दै आएको छ भने स्कुटरको हकमा 150 Cc का दुइ माेडल Imola 150 र Alex T9 150 उपलब्ध रहेकाे कम्पनीले जनाएकाे छ ।
यस व्राण्डका मोटरसाइकल तथा स्कुटरमा विशेषता स्वरुप CBS Braking, Keyless Ignition, EFI, Under seat exhaust, TFT display, Aerodynamically Built, Projector headlamp आदि रहेका छन् । कम्पनीले आउने १ महिना भित्र विक्रि पछिको सेवालाई समेत विस्तार गर्ने योजना बनाएको जनाएकाे छ ।
टारो व्राण्डका विभिन्न मोडलका मोटरसाइकल तथा स्कुटरको मूल्यसुची :
दशैं तिहारको अफर अन्तर्गत Taro ब्राण्डको Imola 150 खरीदमा रु.१५,०००।–, GP 2 200 खरीदमा रु.३०,०००।– र GP1 250 खरीदमा रु.२०,०००।– छुटका अफर लागू हुने कम्पनीले जनाएकाे छ । साथै बम्पर अफरमा यस अवधिभर खरीद गर्ने ग्राहकहरु मध्ये एक जना भाग्यशाली ग्राहकलाई ५ वर्षको सवारी कर तथा बिमा निःशुल्क हुने पनि कम्पनीले जनाएकाे छ ।
FACEBOOK COMMENTS