काठमाडाैं । राष्ट्रिय उपभाेक्त मन्ञले सहुलियत दरमा चिनी उपलब्ध गराउने वातावरण बनाइदिन अनुराेध गर्दै प्रधानमन्त्रीलाई पत्र पठाएकाे छ । मन्ञका अध्यक्ष प्रेमलाल महर्जनले काटेकाे उक्त पत्रमा चाडबाडमा सहुलियत दरमा चिनी उपलब्ध गराउन अनुराेध गरिएकाे छ ।
मन्त्रालयहरु बीचमा समन्वय नहुदा आम नेपाली उपभोक्ताले उपभोग गर्ने चिनी यस पटकको दशैं बजारमा नपाउने भएको उल्लेख गर्दै मन्ञले उक्त पत्र पठाएकाे हाे ।
आपूर्ति मन्त्रालयले चाडबाडलाई लक्षित गरी सहुलियत दरमा चिनी उपलव्ध गराउनको लागी साल्ट ट्रेडिंङ कर्पोरेशन लि. र नेपाल खाद्य व्यापार कम्पनीलाई क्रमशः ३० र १० हजार मेट्रिक टन चिनी आपूर्ति गर्नको लागी छूट मूल्यमा आयात गर्न सिफारिश गरेकोमा अर्थ मन्त्रालयले वेवास्ता गर्दा अहिले बजारमा प्रति किलो ११० रुपैयांमा किन्न उपभोक्ता बाध्य भएकाे पत्रमा उल्लेख छ ।
बैध रुपमा चिनी आयात गर्दा ४० प्रतिशत भन्सार महसुल तथा १३ प्रतिशत मूल्य अभि कर लाग्दै आएकोमा यसरी अबैध बाटोबाट आयात गर्दा सरकारलाई ठूलो परिमाणमा राजस्व गुमि रहेको अवगत राउदै मन्ञले अर्को तिर पहाड तथा शहरी क्षेत्रका नेपाली जनताले महंगो मूल्यमा चिनी उपभोग गर्न बाध्य भर्ई रहेको उल्लेख गरेकाे छ ।
FACEBOOK COMMENTS