काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले .१ करोड १ लाख रुपैयाँ सम्मको बीमा सुविधा दिने “मुक्तिनाथ आशिर्वाद बचत खाता” योजना सञ्चालनमा ल्याएको छ ।
मुक्तिनाथ आशिर्वाद बचत खाता थ मा न्यूनतम रु ५०,००० मौज्दात राखेर खाता खोल्नु हुने खातावालाहरुले आफनो लागि रु. २१ लाख र परिवारको २ जना सदस्यहरुको लागि रु ३० लाख गरी कुल रु. ५१ लाख सम्मको बीमा सुविधा पाउनेछन् र विभिन्न १५ वटा बैंकिङ्ग सेवाहरुमा समेत छुट प्राप्त गर्न सक्नेछन ।
यसै गरी मुक्तिनाथ आशिर्वाद बचत खातामा न्यूनतम रु १००,००० मौज्दात राखेर खाता खोल्नु हुने खातावालाहरुले आफनो लागि रु. २१ लाख र परिवारको ४ जना सदस्यहरुको लागि रु. ८० लाख गरी कुल रु १ करोड १ लाख सम्मको बीमा सुविधा पाउनेछन् र विभिन्न १५ वटा बैंकिङ्ग सेवाहरुमा छुट प्राप्त गर्न सक्नेछन् ।
बीमा सुविधा अन्तर्गत आवधिक बीमा, दुर्घटना बीमा र १८ वटा घातक रोगको बीमा हुनेछ ।
FACEBOOK COMMENTS