काठमाडौं, ०६ आश्विन – उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा नेपाल उद्योग वाणिज्य संघको प्रथम साधारण सभा कार्यक्रममा आफुलाई बोल्न नदिएको बहाना बनाउँदै कार्यक्रम स्थलबाटै सुईकुच्चा ठोकेर भागेका छन् । संघका सदस्यहरुले फोटो सेसनका लागि अग्रह गर्दागर्दै गोल्छा निस्केका थिए ।
सार्क चेम्बरका उपाध्यक्ष चण्डी ढकाललाई थुनाउने गुप्त योजनाको पर्दाफास भए पछी उनी कार्यक्रम स्थलबाट हतार हतार बाहिरिएको बुझिएको छ । कात्तिक २५ गते भित्र ढकाललाई जसरी पनि थुनाउन सके महासंघको नेतृत्व सहजै हासिल गर्न सकिन्छ भन्ने ध्याउन्नमा लागेको पोल खुले पस्चात अत्तालिएर कार्यक्रम स्थलबाट उनको बहिर्गमन भएको बताईन्छ ।
नेपाल उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष सुरज बैद्य, अर्का पुर्व अध्यक्ष पशुपति मुरारका र गोल्छाले कात्तिक २९ गते हुने विशेष साधारण सभामा ढकाललाई उपस्थित हुन नदिन ऋणको कुरा उठाएर केहि दिन भए पनि थुनेर अल्झाउन सके गोल्छाको तगारो हटने सोचका साथ गुहय योजना बुनिएको रहस्य बाहिरिएको हो । त्यसो गर्न सकिए मात्रै गोल्छालाई अध्यक्ष बन्न अरु कसैले रोक्न नसक्ने आँकलन उनीहरुले गरेको खुलाशा भएको हो ।
सो योजनालाई लिएर गोल्छाको मिडिया हेर्ने रन्जीत आचार्य र हुन्डाईको डिलर लिएका अन्जान श्रेष्ठ अर्थ मन्त्रिकोमा पुगेको तर निजि स्वार्थका लागि हुने कुनै पनि काममा मन्त्रीले हस्तक्षप गर्न नमिल्ने जवाफ लिएर उनीहरु फर्किएका थिए ।
सो तानाबानाको रहस्य लिक भएपछी लाजका कारण गोल्छा कार्यक्रम नसकिदै सुईकुच्चा ठोक्न वाध्य भएको श्रोतको दाबी छ । यस अघि मात्रै पनि यस्तै बिषयमा छिर्के हाल्न खोज्दा पोखरा उद्योग वाणिज्य संघको कार्यक्रममा गोल्छाले अर्थ मन्त्रीको हप्की खाएका थिए ।
FACEBOOK COMMENTS