काठमाडाैं । सीबीआइएल क्यापिटलले असोज २८ गते वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभा कम्पनीको रजिष्ट्रर्ड कार्यालय डिल्लीबजार काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
सभामा लाभांश सम्बन्धि कुनै एजेन्डा राखिएको छैन ।
सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ
त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।
कम्पनीले असोज १४ गते बुक क्लोज मिति तोकेको छ । यसर्थ, असोज १३ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।
FACEBOOK COMMENTS