काठमाडौं । मिति २०७९ आश्विन ६ गते यस सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले स्थापनाको ५ बर्ष पुरा गरी छैंटौं वर्षमा प्रवेश गरेको अवसरमा सामाजिक सेवा उत्तरदायित्व अनुरुप विभिन्न कार्यक्रमहरु संचालन गरेको छ ।
कम्पनीले देशैभरमा रहेका विभिन्न शाखा कार्यालयहरुमार्फत आयोजना गरेको बृहत् रक्तदान कार्यक्रमबाट कुल ५०८ प्रिन्ट रगत संकलन गरेको छ ।
त्यस्तै विभिन्न अस्तपाल र फरक क्षमता भएका बालबालिकाहरुलाई फलफूल तथा न्यानो कपडा वितरण गरेको छ ।
साथै सोही अवसरमा बिद्यार्थीसँग बीमाका कुरा कार्यक्रम अन्तर्गत देशका विभिन्न २० भन्दा बढी स्कूल कलेजका १००० भन्दा बढी बिद्यार्थीहरुमाझ बीमासम्बन्धी चेतना कार्यक्रम संचालन गरेको कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS