काठमाडौं । साताको चौथो कारोबारको दिन बुधमार नेप्से परिसुचक ६ दशमलव ४१ अंकले वृद्धि भएको छ । बुधबार नेप्से परिसुचक १८३७ दशमलव ४६ बिन्दुमा पुगेको हो ।
शेयर बजार सुधारिए पनि यस दिन काराेबार रकम भने खुम्चिएकाे छ । आज दिनभर भएका ११ हजार ९ सय २७ कारोबारबाट २२१ कम्पनीका १३ लाख ७० हजार ४ सय ७७ कारोबार भएका छन् । जसबाट आज भएको सम्पूर्ण कारोबार रकम ४८ करोड ५४ लाख ८ हजार ७ सय ६८ पुगेको छ ।
बुधबार सबै भन्दा धेरै काराेबार नेशनल माइक्राेफाइनान्स लघुवित्तकाे प्राेमाेटकाे भएकाे छ । साे कम्पनीकाे ४ कराेड ७५ लाख ९७ हजार बराबरकाे शेयर काराेबार भएकाे छ । त्यसैगरी धेरै काराेबार हुने कम्पनीकाे दाेस्राे नम्बरमा छ नबिल बैंक रहेकाे छ । बुधबार २ कराेड ६९ लाख ५३ हजार रूपैयाँ बराबरकाे नबिल बैंककाे शेयर काराेबार भएकाे छ ।
नेप्से परिसुचकसँगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ४५ अंकले वृद्धि भएको छ ।
FACEBOOK COMMENTS