पोखरा । सुपथ मुल्यको सामान बेच्न सरकारले नै सन्चालन गरेको स्टलमा साल्ट ट्रेडिङ कर्पोरेसनको गण्डकी प्रदेश कार्यालयले यो वर्ष नुन मात्रै बेच्ने भएको छ ।
दसैं, तिहार र छठ पर्वका लागि हरेक वर्ष साल्ट ट्रेडिङले सुपथ सामग्री बेच्छ । यसअघि चिनि र नुन चामल बेचेको कर्पोरेशनले अहिले नुन मात्रै बेच्न लागेको हो । चिनि र अन्य सामानको लागि अर्थमन्त्रालयले स्विकृती नदिएपछि कर्पोरेशनले चिनिलगागायतको सामान आयात गर्न नसक्दा नुन मात्रै बेच्न लागिएको कार्यालय प्रमुख बासुदेव उपाध्यायले जानकारी दिए । प्रतिकिलो नुनको मुल्य २० रुपैयाँ छ । दशैं छुट बजारमा भने १८ रुपैयामा प्रत्येकले ६ किलोका दरमा नुन खरिद गर्न सक्ने उनले बताए । ‘
FACEBOOK COMMENTS