काठमाडौँ । क्षयरोगको उपचारमा रहेका दुई कैदी बन्दी शनिवार फरार भएका छन् । नेपाल क्षयरोग निवारण संस्था विराटनगरमा–७ मा उपचारका क्रममा रहेका झापाको सरणामतीका २८ वर्षीय राजकुमार हेमरम र सोही जिल्ला बिर्तामोडका २८ वर्षीय मन्जिल गुरुङ फरार भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार उपचार गरिरहेकै बेला दुवै जना फरार भएका हुन् । हेमरम जबरजस्ती करणी मुद्दाअन्तर्गत १६ वर्ष कैद सजाय पाएका कैदी हुन् भने गुरुङ लागु औषध मुद्दामा पुर्पक्षका लागि कारागार चलान गरिएका कैदी बन्दी हुन् ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले फरार कैदी बन्दीलाई सीमा नाकासहित अन्य स्थानमा खोज गरिरहेको श्रेष्ठले बताए । कैदीको सुरक्षामा खटिएका दुई प्रहरीमाथि आवश्यक सोधपुछ एवं छानबिन भइरहेको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS