काठमाडौं । आगामी निर्वाचनका लागि दलहरूले समानुपातिक तर्फ ६ हजार ४ सय ९३ जनाको नाम निर्वाचन आयोगमा बुझाएका छन् ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभामा ४८ दलका २ हजार ४३६ जनाको नाम आयोगमा पुगेको छ ।
यस्तै प्रदेशसभातर्फ प्रदेश नम्बर १ मा ३६ दलका ६६१, प्रदेश नम्बर २ मा ३६ दलका ९४८, बागमती प्रदेशमा ४१ दलका ८२५ जनाको नामावली आयोगमा छ ।
त्यसै गरी गण्डकीमा ३१ दलका ३६८, लुम्बिनीमा ३२ दलका ६५७, कर्णालीमा २८ दलका २२२ र सुदूरपश्चिममा ३४ दलका ३७६ जनाको समानुपातिक उम्मेदवारको नाम प्राप्त भएको आयोगले जनाएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आज राति १२ बजेसम्म समानुपातिक सूचीमा आएका उम्मेदवारको नाम ‘फाइनल’ हुने बताए ।
FACEBOOK COMMENTS