काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आज प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता हुँदैछ ।
निर्वाचन आयोगले आज बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयन गराउन दलहरूलाई आग्रह गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाका अनुसार असोज २३ गते बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ता गरिसक्नुपर्नेछ । त्यसका लागि आयोगले आवश्यक संरचना, सुरक्षा प्रणालीको गरिसकेको छ । सबै राजनीतिक दलहरूलाई सबै वर्ग, जाती समेटिने गरी समानुपातिक ढंगले उम्मेदवारी दर्ता गर्न निर्वाचन आयोग आग्रह गरेको छ ।
निर्वाचन आयोगको केन्द्रीय कार्यालयमै उम्मेदवारले मनोनयन दर्ता गर्न पाउने आयोगले जनाएको छ । मनोनयन दर्ता स्थलमा २५ जनाभन्दा बढीको जुलुस लैजान नहुने उनले स्मरण गराए ।
FACEBOOK COMMENTS