काठमाडाैं । मल्टीपर्पस फाइनान्सले हकप्रद निष्काशन गर्ने भएको छ।
कम्पनीको असोज ३ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्ता पूँजी रु. ४५ करोड २० लाखको १:०.३५ (३५ प्रतिशत) को अनुपातमा हकप्रद शेयर जारी गरी चुक्ता पूँजी बृद्धि गर्ने निर्णय गरेको हो ।
कम्पनीले हकप्रद निष्काशनको लागि सहमति प्रदान गरिदिनको लागि नेपाल राष्ट्र बैंकलाई अनुरोध गरेकोमा राष्ट्र बैंकले कम्पनीको बार्षिक साधारण सभा/बिशेष साधारण सभाबाट हकप्रद शेयर जारी गर्ने प्रस्ताव स्वीकृत गराए पश्चात मात्र उल्लेखित हकप्रद शेयर जारी गर्नको लागि सहमति प्रदान गरिएको कम्पनीले जनाएको छ।
FACEBOOK COMMENTS