काठमाडाैं । शताब्दी पुरुष शत्यमोहन जोशीकाे असामयिक निधनप्रति लेखक तथा राजनीतिक विश्लेषक प्रकाश रायमाझीले दुख व्यक्त गरेका छन् ।
उनले लोक साँस्कृतिक इतिहासका अध्येता एवं संस्कृतिविद् जोशीको निधनले नेपालमा एउटा सिङ्गो इतिहासको अध्याय अन्त भएको भन्दै साे घटनाले आफुलाई मर्माहित तुल्याएकाे बताएका छन् ।
उनले ‘यस दुःखद घडीमा मृत आत्माको चिर शान्तिको निमित्त भगवान् श्री पशुपतिनाथसँग प्रार्थना गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो दुःख प्रकट गरेका हुन् ।
आइतबार बिहान ७ बजेर ९ मिनेटमा ललितपुरकाे किष्ट अस्पतालमा जाेशीकाे निधन भएकाे थियाे । १०३ वर्षीय जोशीको स्वास्थ्यमा समस्या देखिएपछि २४ दिन अघि जोशीलार्य अस्पतालमा भर्ना गरिएको थियो । उनको अहिलेसम्म पनि आइसियूमै राखेर उपचार गरिएको थियो ।
पछिल्लो समय उनलाई पिसाब संक्रमण, पुरानो छाती तथा मुटुको समस्या साथै डेंगी पनि देखिएको थियो।
FACEBOOK COMMENTS