बारा। बारा-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभाका उम्मेदवार गणेश धिमाललाई उम्मेदवारी फिर्ता लिन नेपाली कांग्रेसका सह-महामन्त्री एवं खानेपानी मन्त्री उमाकान्त चौधरीले धम्काएका छन् ।
यसअघि कांग्रेसको मधेश प्रदेश सदस्य रहेका धिमालले राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा-१ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेपछि मन्त्री चौधरीले फिर्ता लिन धम्की दिएका हुन् । मन्त्री चौधरी सत्ता गठबन्धनको तर्फबाट सोही क्षेत्रबाट उम्मेदवार हुन् ।
‘उम्मेदवारी फिर्ता लिएर आफूलाई समर्थन गर्न र अन्यथा आफूले हारे जे पनि हुन सक्ने’ भन्दै मन्त्री चौधरीले शनिवार राति घरमै आएर धम्क्याएको धिमालले बताए । आफूले केही पनि नगर्ने तर आफू पराजित भए मेरा केटाहरूले जे पनि गर्न सक्छन् । त्यसैले उम्मेदवारी फिर्ता लिनोस् भनेर चौधरीले धम्काएको धिमालको भनाइ छ ।
राति करिब ११ बजे ५० जना युवाहरूको समुह लिएर धिमालको घरमा पुगेका चौधरीले उम्मेदवारी फिर्ता लिन र सहयोग गर्ने दबाब दिएका थिए ।
FACEBOOK COMMENTS