भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को याँ अध्यक्षमा रोजर बिन्नी नियुक्त भएका छन्। सन् १९८३ को विश्वकप विजेता टोलीका सदस्य समेत रहेका बिन्नी बीसीसीआईकाे अध्यक्षमा मंगलबार नियुक्त भएका हुन् ।
बीसीसीआईको नवाैँ वार्षिक साधारण सभाबाट उनी अध्यक्षमा नियुक्त भएका हुन्र ।
रोजर बिन्नी बीसीसीआईको ३६ औं अध्यक्ष बनेका हुन् । यसअघि भारतीय पूर्व कप्तान सौरभ गांगुलीबाट बीसीसीआईको अध्यक्ष पदमा थिए। गांगुली सन् २०१९ देखि अध्यक्ष पदमा थिए ।
अध्यक्ष पदका लागि ६७ वर्षीय बिन्नी मात्र उम्मेदवार थिए । उनी बाहेक कसैले उम्मेदवारी दिएका थिएनन् । साधारण सभामा बिन्नी निर्विराेध भएका थिए।
यस्तै जय शाहलाइ लगातार दाेस्राे कार्यकालका लागि बीसीसीआईकाे सचिवमा पुन नियुक्त गरिएकाे भारतिय संचार माध्यमहरूले जनाएका छन् ।
उनीहरू दुइ जना बाहेक निर्विराेध चुनिएका अन्य पदाधिकारीहरूमा आशीष शेलार कोषाध्यक्षमा, उपाध्यक्षमा राजीव शुक्ला र संयुक्त सचिवमा देवजीत सैकिया शामिल रहेका छन् ।
रोजर बिन्नीले सन् १९७९ मा अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए । उनले पाकिस्तानविरुद्ध बैंगलोरमा पहिलो टेस्ट खेलेका थिए । यसपछि सन् १९८० मा बिन्नीले अस्ट्रेलियाविरुद्ध एकदिवसीय क्रिकेटमा डेब्यू गरेका थिए । रोजर बिन्नीको करियर १९७९ देखि १९८७ सम्म चलेको थियो । यस अवधिमा उनले भारतका लागि २७ टेस्ट र ७२ ओडीआई खेलेका थिए । बिन्नीले टेष्टमा ४७ र एकदिवसीयमा ७७ विकेट लिएका छन् । यसबाहेक बिन्नीले टेस्टमा ८३० रन र एकदिवसीयमा ६२९ रन बनाएका छन् ।
FACEBOOK COMMENTS