सोल्टी होटेलले लाभांश घोषणा गरेको छ ।
कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७८र७९ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
जस अनुसार कम्पनीले ५ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि समेत २१।३१५७ प्रतिशत नगद लाभांश गरि कुल २६।३१५७ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।
होटेलको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । कम्पनीले पुस २८ गते साधारणसभा आह्वान गरेको छ । साधारणसभा प्रयोजनको लागि कम्पनीले पुस ७ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ६ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
हाल कम्पनीको चुक्ता पुँजी ८४ करोड २५ लाख रहेको छ ।
FACEBOOK COMMENTS