नेपाल औषधी उत्पादक संघको नयाँ कार्यसमिति चयनका लागि आज निर्वाचन हुँदैछ । पछील्लो समयमा विशेस खालका औषधी वाहेक धेरै जस्तो औषधी नेपालमा नै उत्पादन हुन थालेसँगै नेपाल औषधी उत्पादनमा आत्मनिर्भर बन्दै गएको मात्र छैनकी औषधी उत्पादकहरुको छाता संगठन नेपाल औषधी उत्पादक संघ(एपोन)ले ओजपूर्ण हैसियत पनि बोक्दै आएको छ । यस पृष्ठभुमीमा संघको निर्वाचनलाई औषधी उत्पादक बाहेक पनि अन्य उधोगी ब्यापारी तथा ब्यवसायीहरुले समेत अर्थपूर्ण रुपमा हेर्दै र लिदै आएका छन । र एपोनको चुनावी सरगर्मीले अधिकाश औषधी उत्पादकहरुलाई छोएको छ ।
अध्यक्षमा पाण्डेको पल्ला भारी
संघको अध्यक्षका लागि युवा उद्यमी प्रज्वलजंग पाण्डे र पुराना औषधी उद्यमी नारन वहादुर क्षेत्री चुनावी मैदानमा उत्रिएका छन । उत्पादक संघका एक सदस्यका अनुसार पुराना भन्दा पनि अहिले निति निमार्ण तहमै काम गर्नु पर्ने भएकाले संघमा युवा जोश जागरको आवश्यकता महशुस हुँदै गएको छ । यो समय नेपाललई उद्योग विकाशका लागि काम गर्ने बेला भएकोले औंषधी उत्पादन गर्ने ब्यक्तिहरु लडेर जाने भन्दा पनि मिलेर जाने बखत भएकोले संघमा पनि मिलेर जानुको विकल्प नभएको पनि उनले वताएका छन् । ।’अध्यक्षका लागि प्रवल दाबेदारी पेस गरेका प्रज्वलजंग पाण्डेले संघलाई नयाँ दिशा दिन सक्ने बुझाई अधिकाश साथीहरुमा छ’ नाम उल्लेख नगर्ने शर्तमा उनले भनेका छन् ।यता औषधी ब्यवसाय संघमा निकैनै महत्व राख्ने पुर्व अध्यक्ष उमेश लाल श्रेष्ठको टिम समेत युवा पुस्तालाई अवसर दिनुपर्ने पक्षमा देखिन्छ । तसर्थ पनि नेपाल औषधी उत्पादक संघको अध्यक्षमा प्रज्वल पाण्डेको जित पक्का पक्कि जस्तै भएको अडकलबाजी धेरैको छ ।
FACEBOOK COMMENTS