काठमाडाैं । बागमती प्रदेशकाे भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कुनै प्रकारका साधारणसभा नगर्न सहकारीहरूलाइ अनुराेध गरेकाे छ । मन्त्रालयले साेमबार एक विज्ञप्ती जारी गर्दै चुनाव अघि अर्थात मंसिर ४ गते अगाढी कुनै पनि साधारणसभा नगर्न, नगराउन सहकारीहरूलाइ अनुराेध गरेकाे हाे ।
प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचन (२०७९) को सन्दर्भमा निर्वाचन आयोगबाट आचारसंहिता जारी भएको उल्लेख गर्दै सभामा जनप्रतिनिधि, प्रतिनिधि सभा एवं प्रदेश सभाका उम्मेदवारहरु आमन्त्रण गर्ने गरिए पाइएकाले मन्त्रालयले चुनाव नसकिएसम्म सभा गर्न बन्देज लगाएकाे हाे ।
विज्ञप्तीमा भनिएकाे छ, ‘सन्दर्भमा आचारसंहिता लागु रहेको अवधिमा बागमती प्रदेशभित्र रहेका कतिपय सहकारी संघ/संस्थाहरुले साधारण सभा गर्दा जनप्रतिनिधि, प्रतिनिधि सभा एवं प्रदेश सभाका उम्मेदवारहरु आमन्त्रण गर्ने गरिएको भन्ने बुझिन आएकोले सो कार्यबाट निर्वाचन आचारसंहिता उल्लङ्घन हुन सक्ने अवस्था देखिएकाले मिति २०७९ मंसिर ४ गतेसम्म कुनै पनि साधारणसभा नगर्न, नगराउनु हुन सबै सहकारी संघ/संस्थाहरुलाई यो सूचना जारी गरिएको छ ।’
विज्ञप्ती
FACEBOOK COMMENTS