काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता साओमीले नेपाली बजारमा ‘ए’ सिरिजका रेड्मी स्मार्टफोन भित्र्याएको छ । कम्पनीले हालै ‘रेड्मी ए१’ र ‘रेड्मी ए१ प्लस’ सार्वजनिक गरेको हो । साओमीका अनुसार यी फोनमा फास्ट इन्टरनेट कनेक्सन, उत्कृष्ट डिजाइन र परिस्कृत प्रविधि रहेको छ ।
दुवै फोनमा ६।५२ इन्चको रंगीन डिस्प्ले समावेश गरिएको छ । मिडियाटेक हेलियो ए२२ चिपसेट र एन्ड्रोइड १२ मा आधारित रेड्मी ए१ ब्ल्याक, लाइट ग्रीन, लाइट ब्लु गरी तीन फरक कलर भेरियन्टमा उपलब्ध छ । त्यस्तै ए१ प्लसमा सुरक्षाका लागि रियर फिंगर प्रिन्ट सेन्सर दिइएको छ ।
रेड्मी ए१ र रेड्मी ए१ प्लसमा ८ मेगापिक्सेलको डुअल एआई क्यामेरा रहेको छ । भने, सेल्फीका लागि ५ मेगापिक्सेलको क्यामेरा रहेको छ । कम्पनीका अनुसार २ जीबी र्याम र ३२ जीबी रोमयुक्त रेडमी ए१ ग्राहकले ११ हजार ९९९ रुपैयाँ र २ जीबी र्याम र ३२ जीबी रोमयुक्त रेड्मी ए१ प्लस १२ हजार ४९९ रुपैयाँमा किन्न सक्नेछन् ।
त्यस्तै ३ जीबी र्याम र ३२ जीबी रोमयुक्त रेडमी ए१ प्लसको मूल्य १३ हजार ९९९ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS