कार्तिक । वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोधकुमार गुप्ताको नेतृत्वमा व्यापारिक भ्रमण प्रतिनिधिमण्डलले भियतनाम चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिजका पदाधिकारीहरुसंग भेटघाट तथा अन्तरक्रिया गरी विविध बिषयमा छलफल गरेका छन् ।
सो अवसरमा द्विपक्षीय व्यापार विस्तार, पर्यटन प्रबद्र्धन, आपसी सहयोग र सद्भावको लागि एक सम्झौता पत्र ९एमओयु० मा हस्ताक्षर गरेको वीउवा संघले जनाएको छ । सम्झौता पत्रमा वीउवा संघको तर्पmबाट अध्यक्ष डा। गुप्ता र भियतनाम उवा संघका तर्पmबाट महानिर्देशक ट्रानन्गोक लिएमले हस्ताक्षर गरेका छन ।
सम्झौता पत्रमा दुवै संस्थाले व्यवसायिक गतिविधि, लगानी, प्रविधि हस्तान्तरण, सेवा तथा अन्य आपसी हित हुने व्यवसायिक क्षेत्रको प्रबद्र्धनको लागि सहजीकरण गर्ने उल्लेख छ । सम्झौता पत्रले दुवै देशको उद्योगी र व्यापारी वर्गलाई छलफलका लागि मान्यता प्राप्त मञ्च उपलब्ध गराउन सहयोग गर्ने विश्वास लिइएको संघले जनाएको छ ।
सम्झौता अनुसार दुवै राष्ट्रका व्यापारिक भ्रमण टोलीलाई सक्दो सहयोग गर्ने तथा व्यापारिक प्रदर्शनी, मेला, सेमिनारहरुमा दुवै राष्ट्रले सहभागिता जनाउने र आवश्यकता अनुसार दुवै संस्थाको संयुक्त बैठक गर्ने छ ।यस अघि मंगलवार वीउवासंघ र सिंगापुर उवासंघ बीच एमओयुमा हस्ताक्षर भएको थियो । नेपालको भियतनामसंग व्यापार वृद्धि र नेपाल र भियतनामका उद्यमीहरुको संयुक्त लगानीमा वीरगंजमा नयां लगानी भित्रयाउन यस भेटघाटले उल्लेख्नीय भूमिका निर्वाह गर्ने विश्वास अध्यक्ष डा। गुप्ताले व्यक्त गर्नु भएको संघले जनाएको छ ।
नेपालको आर्थिक राजधानीका रुपमा परिचित वीरगंज र भियतनामको आर्थिक केन्द्रका रुपमा पहिचान बनाएको होचिमिन्ह सिटीका चेम्बर बीच भएको स्मृतिपत्रमा हस्ताक्षर र द्विपक्षीय सम्बन्धले वीरगंजलाई अन्तर्राष्ट्रिय बजारमा अझै सघन रुपमा प्रवेश गराउन मद्दत मिलेको र यस क्षेत्रमा भियतनामी लगानी आउने बाटो सरल बनाएको प्रस·ले आपूmहरु उत्साहित बन्न पुगेको डा। गुप्ताले बताए ।
वीउवासंघका अध्यक्ष डा। गुप्ताले भियतनाम चेम्बरका पदाधिकारीहरुलाई नेपाल भ्रमणको लागि आग्रह गरिएको र भियतनाम चेम्बरबाट नेपालमा लगानी गर्ने प्रतिबद्धता जाहेर गरिए बमोजिम भियतनाम चेम्बरका भ्रमणसंगै नेपालमा लगानी पनि भित्रिने विश्वास व्यक्त गरे ।
वीउवासंघका व्यापारिक प्रतिनिधिमण्डल पछिल्लो एक साता देखि अन्तर्राष्ट्रिय सम्बन्ध र द्विपक्षीय व्यापार विस्तारका क्रममा वैदेशिक भ्रमण रहेका छन् ।
FACEBOOK COMMENTS