काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले कात्तिक २३ गतेदेखि विक्रीमा ल्याएको नबिल फ्लेक्सी क्याप फण्डको इकाई मंसिर ७ गतेसम्म विक्रीमा रहने भएको छ ।
योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले छिटो अवधि कात्तिक २७ गतेसम्म विक्री नभएपछि ढिलो अवधि मंसिर ७ गतेसम्मको विक्री अवधि तय गरेको हो ।
खुलामुखी प्रकृतिको यो योजना सञ्चालनका लागि प्रतिइकाई रू। १० का दरको ७ करोड इकाई विक्री गर्न लागिएको हो । कुल इकाईमध्ये कोष प्रबद्र्धकलाई १४ प्रतिशत र योजना व्यवस्थापकलाई १ प्रतिशत छुट्याइएको छ ।
यी वाहेक बाँकी रहेको ६ करोड ३७ लाख ५० हजार इकाई सर्वसाधारणमा विक्री गरिने योजना व्यवस्थापकको भनाई छ । पहिलो चरणमा सर्वसाधारणका लागि ५ करोड इकाई निष्कासन गरिने योजना व्यवस्थापकले जानकारी दिएको छ ।
लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ७५ लाख इकाईसम्म माग गर्दै आवेदन दिन सक्नेछन् । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिने व्यवस्था छ ।
FACEBOOK COMMENTS