काठमाडौं,कार्तिक ९- सिजी इलेक्ट्रोनिक्सले पेप्सीकोलामा ‘भ्याली डिजिटल’ नामक नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । एलजी ब्राण्डले आफ्ना सबै डिजिटल आवश्यकता एकै ठाउँमा परिपूर्ति गर्दै जाने तथा नेपाली बजारमा रिटेलिङको स्तरलाई प्रभावकारी बनाउँदै लाने आफ्नो योजनानुरुप नयाँ शोरुम सञ्चालनमा ल्याएको हो ।
नयाँ शोरुमले ग्राहकहरुलाई प्रोत्साहन गर्नुका साथै नयाँ उत्पादनको बारेमा जानकारी पनि गराउने कम्पनीले जनाएको छ । साथै, कम्पनीले एलजीका सामानहरुको खरिदमा थुप्रै योजनाहरुसमेत ल्याएको छ । कुनै पनि एलजीका सामान खरिद गर्दा ग्राहकले विशेष छुटका साथै आकर्षक उपहार प्राप्त गर्नसक्ने जनाइएको छ ।
FACEBOOK COMMENTS