काठमाण्डौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सांसद्ले अर्थ मन्त्रालयका कर्मचारीमाथि खनियका छन् ।
अर्थ समितिको पहिलो बैठकले अर्थमन्त्रालयका कर्मचारी अधिनायकवादी र सामन्ती भएको आरोप लगाएका छन् ।
पहिलो बैठकले अर्थ मन्त्रालयसँग विगत पाँच आर्थिक वर्षको राजस्व, पुँजीगत खर्च र वैदेशिक सहायता तथा आयात निर्यातको अवस्थासम्बन्धी विवरण माग गर्ने निर्णय पनि गरेको छ ।
समितिको सोमबार सिंहदरबारमा बसेको पहिलो बैठकमा नेकपाका सांसदले अर्थ मन्त्रालयका कर्मचारीले अरू मन्त्रालयले पठाएका फाइल अड्काएर अधिनायवादी चरित्र देखाएको आरोप लगाएका हुन् ।
अर्थ मन्त्रालयका कर्मचारीले अरु मन्त्रालयका मन्त्री र सचिवले पठाएका फाइल रोकेर आफूलाई अरुभन्दा क्षमतावान भएको देखाउने प्रवृत्ति रहेको भन्दै यस विषयलाई एजेण्डा बनाएर छलफल गरिनुपर्ने बताएका छन् ।
यस्तै नेकपाका अर्का सांसद मोतीलाल दुगडले उद्योगी व्यवसायीले जुनसुकै काम गराउनुपर्दा पनि सरकारी निकायमा घुस खुवाउनुपर्ने वाध्यता रहेको भन्दै समितिले भ्रष्टाचार नियन्त्रणलाई मुख्य मिसन बनाएर काम गर्नुपर्ने बताए ।
समितिको पहिलो बैठकमा २५ मध्ये १६ सदस्य उपस्थित थिए ।
FACEBOOK COMMENTS