काठमाण्डौं । कास्की निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार भीमबहादुर कार्की विजयी भएका छन् ।
कार्की १० हजार पाँच सय ३१ मतसहित विजयी भएका हुन् । विजयी कार्कीका निकटतम प्रतिद्वन्द्वी राप्रपाका विजयबाबु भण्डारीले पाँच हजार आठ सय ९३ मत प्राप्त गरेका छन् ।
त्यस्तै लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका विश्वप्रकाश लामिछानेले पाँच हजार पाँच सय ४० मत प्राप्त गरेका छन् हाम्रो नेपाली पार्टीका तेतबहादुर महतले दुई हजार पाँच सय ९२ मत प्राप्त गरेका छन् ।