काठमाडाैं । हिमालयन डिस्टीलरीले लाभांश घोषणा गरेको छ ।
कम्पनीको आज शुक्रबार सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ६० प्रतिशत बोनस शेयर र १० प्रतिशतले हुन आउने नगद लाभांश गरि कुल ७० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५१ करोड रहेको छ। आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।
कम्पनीले पुस २७ गते बुधबार पर्सा स्थित आफ्नै रजिस्टर्ड कार्यलयमा सभा आह्वान गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।
पुस १९ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
FACEBOOK COMMENTS