काठमाडौं । सिभिल बैंकले देशैभरी विविध १२ कार्यक्रमहरुको आयोजना गरीे आफ्नो बाह्रौं वार्षिकोत्सव मनाएको छ ।
नेपाल राष्ट्र बैंकको नगदरहित कारोवारलाई प्रोत्साहन गर्ने निती अनुरुप यस बैंकले सफा टेम्पूहरुको भाडा क्यू आर कोड मार्पmत भुक्तानी गर्ने कार्यको थालनी गरी ‘गो क्यासलेस’ अभियानलाई निरन्तरता प्रदान गरेको छ ।
जस मध्ये जावलाखेलको ‘गो क्यासलेस’ अभियानको समुद्घाटन समारोह बैंकले आफ्नो वाह्रांै वार्षिकोत्सवको दिनमा र वार्षिकोत्सवको लगत्तै पछी नेपालगंज, धनगढी, महेन्द्रनगर, जानकी र भजनीमा गरी कूल छ स्थानहरुका ट्याम्पुहरुमा क्यू आर कोड मार्फत भाडा भुक्तानीको थालनी गरीने कुरा बैंकले जनाएको छ ।
जावलाखेलको ‘गो क्यासलेस’ अभियानको समुद्घाटन समारोहका प्रमुख अतिथि नेपाल राष्ट्र बंैकका गभर्नर महाप्रसाद अधिकारीले उक्त अभियानको उद्घाटन गर्नुभएको थियो । समुद्घाटन समारोहमा बोल्दै वहाँले नगदरहित अर्थतन्त्र आजको आवश्यकता भएको र यसले सिंगो राष्ट्रलाई समृद्घिको पथमा डोराउने बताएका छन् ।
नोट छपाई गर्दा खर्च हुने तथा विदेशीने मुद्रा बचाउन र सबै नेपालीको बैंक खाता भन्ने अभियानलाई समेत आत्मसात गर्न पनि नगदरहित अभियान अपरीहार्य कुरा भएको नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले बताए ।

उक्त समारोहमा प्रमुख अतिथि नेपाल राष्ट्र बंैकका गभर्नर महाप्रसाद अधिकारी, भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, सिभिल बैंकका अध्यक्ष प्रताप जंग पाण्डे, संचालकहरु अम्बीर बोगटी, प्रकाश तायल, युगेश बहादुर मल्ल, शम्भू प्रसाद पन्त, प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेल, विभिन्न टेम्पू यातायात व्यवसायी संघका प्रतिनिधिहरु, फोन पे का प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा तथा टेम्पू व्यवसायीहरु तथा सर्वसाधरणको वाक्लो उपस्थिति थियो ।

अब उक्त क्षेत्रका सफा टेम्पोहरुमा यात्रा गर्नुहुने यात्रीहरुले आफ्नो मोबाईल बैकिङ्ग एप अथवा स्मार्ट वालेट एप मार्फत बिना कुनै झन्झट भुक्तानी गर्न सक्नेछन जस्ले गर्दा खुद्रा पैसाको झन्झटबाट पनि मुक्ती मिल्नेछ ।

बैंकको जावलाखेल शाखामा प्रायोरीटि बैंकिग सेवाको शुरु गरेको छ जसको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष प्रताप जङ्ग पाण्डे तथा बैंकका निक्षेपकर्ता धनञ्जय आचार्यले संयूक्त रुपमा गर्नु भएको छ ।
बैंकले आफ्नो पाँचथर स्थित याङ्वरक शाखामा एटिएम सेवा प्रारम्भ गरेकोे छ जसको समुद्घाटन याङ्वरक गाउँपालिकाका अध्यक्ष भिम बहादुर योङ्याले गर्नुभएको छ । याङ्वरक देशकै विकट दूर्गम स्थानमा पर्दछ जसमा सिभिल बैंकले मात्रै उपस्थिति जनाएको छ साथै यस एटिएम उक्त गाउँपालिकाको पहिलो एटिएम हो । यस एटिएम सेवाले त्यस भेगका स्थानियलाई सेवाको अतिरिक्त आधुनिक बैंकिंग सेवाको वारेमा पनि बुझ्न मद्दत गर्नेछ ।
देशभर छरिएका बैंकका मुख्य शाखा सहित ३६ स्थानका निम्न उल्लिखित ५९ शाखाहरुको सहभागितामा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियोे जसबाट कूल ९८४ पिन्ट रगत संकलन गरीएको थियो ।
बैंकले आफ्नो विभिन्न शाखाहरु मार्फत विभिन्न उमेर समुहका व्यक्तिहरुलाई बैकिङ्ग तथा वित्तिय ज्ञान सम्वन्धी वित्तिय साक्षरता कार्यक्रम संचालन गरेकोछ । जसमा देशैभरीबाट करिब ५०० जनाले सहभागीता जनाएका थिए ।
मल्लकालीन राजा सिद्धी नरसिंह मल्लको पाला देखी प्रदर्शन हुँदै आएको ३८३ बर्ष पुरानो ललितपुरको प्रसिद्ध परम्परागत, सांस्कृतिक एवं ऐतिहासिक नाँच “कार्तिक नाँच”को संरक्षणको लागि बैंकले रु ७५,०००÷–आर्थिक सहयोग गरेको छ ।
बैंकले नेपाल बाल संगठनमा आश्रित करिब ३५० जना बालबालिकाहरुको लागि विभिन्न स्टेशनरी सामाग्रीहरुको खरिद गर्न रु ५०,०००÷–आर्थिक सहयोग उपलब्ध गराएको छ ।
बैंकले सुनसरी जिल्ला स्थित धरानमा रहेको निःसहाय सहयोग परिषदको तालिम भवन निर्माण गर्न रु ५०,०००÷– आर्थिक सहयोग उपलब्ध गराएको छ । उक्त संस्थाले विपन्न तथा पिछडीएका बालबालिकाहरुलाई प्राथमिक तह देखी
बैंकले महाबिर पुनद्वारा स्थापित राष्ट्रिय आविस्कार केन्द्रको ‘उच्च प्रविधि क्लासरुम परीयोजना’का लागि रु ५०,०००÷– आर्थिक सहयोग उपलब्ध गरेकोछ ।
– बैंकले अपाङ्गता संरक्षण नेपाललाई दृष्टी विहिन व्यक्तिहरुको लागि १०० वटा सेतो छडी खरिद गर्नका लागि रु ९५,०००÷– आर्थिक सहयोग उपलब्ध गरेकोछ ।
बैंकले कास्की जिल्ला स्थित बेगनाश तालको डुंगा व्यवसायीलाई डुंगाको सवारी गर्नेहरुको सुरक्षाको लागी १०० थान लाईफ ज्याकेट हस्तान्तरण गरेको छ ।
रु. ९५.२३ अर्व निक्षेप संकलन गरि करिव रु. ८७.४० अर्व ऋण लगानी गरेको सिभिल बैंकले आफ्नो बाह्रौं वार्षिकोत्सवको अवसरमा ५ वर्ष÷१० वर्षदेखि अनवरत सेवा प्रदान गरेका बैंकका कर्मचारीहरुलाई अभिनन्दन गरेको छ । बैंकले यस आर्थिक वर्षको प्रथम त्रैमास सम्ममा रु. ४१.५१ करोड खुद मुनाफा कमाउन सफल भएको छ । बैंकले हाल ११५ शाखा तथा १३ वटा एक्सटेन्सन काउण्टर तथा १०२ एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।
