काठमाडौं । जिल्ला प्रसासन कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति राबि लामिछानेको नागरिकता छानविन गर्न प्रहरीलाई पत्र पठाएको छ ।
जितवन क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेको नागरिकता छानविन गर्न भन्दै जिल्ला प्रसासनले काठमाडौं जिल्ला प्रहरी परिसरमा केहिदिन अघि पत्र पठाएको परिसर स्रोतले कर्पाेरेट खबरलाई बताएको छ ।
स्रोतका अनुसार पत्र परिसरमा आएपनि त्यसको अनुसन्धान र छानविनको प्रक्रिया अहिले अगि बढेको छैन् । केहीदिनमा नै अनुसन्धान प्रक्रिया अघि बढाउने स्रोतको भनाई छ ।
यता प्रशासनले पनि परिसरमा पत्र पाठाएकाे जनाएकाे छ । पत्र कहिले पठाइएकाे भन्ने बारे प्रशासनले खुलाउन चाहेन ।
चितवन–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका बेला लामिछानेविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको थियो । नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिक बनेका लामिछानेले अमेरिकी नागरिकता त्यागेर पुनः नेपाली नागरिकता प्राप्त नगरेको भन्दै उम्मेदवारी खारेज गर्न माग गर्दै निवेदन परेको थियो ।
लामिछानेमाथि अमेरिकाकाे नागरिकता त्याग नगरेकाे आरोप छ । यद्यपी लामिछानेले भने यसबारे पहिले पनि बाेलिसकेका छन् । उनले यसबारे धेरैपटक स्पष्टिकरण दिइ सकेका छन् ।
उनले अमेरिकाकाे नागरिकता पहिला नै त्यागिसकेकाे भन्दै बाराम्बर स्पष्टिकरण दिदै आएका छन् ।
FACEBOOK COMMENTS