काठमाडाैं । काठमाडौं वेयरहाउस एण्ड डिस्ट्रिब्युशन सेण्टर (KWDC) ले नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (NEFFA) र कुरियर एजेन्ट्स एसोसिएसन अफ नेपाल (COSAN) सँग ति संस्थाका सदस्यहरुलाई वेयरहाउजिङ, वितरण तथा व्यवसायिक सहायक सेवाहरु प्रवाह गर्नका लागि समझदारी गरेको छ ।
नेपालको बेयरहाउजिङमा नयाँ युग ल्याउने अपेक्षा गरिएको यो समझदारीसंगै ति संस्थाका सदस्य कम्पनीहरुले तोकिएको न्यून दरकमा गोदाम, वितरण तथा अन्य सेवाहरु उपयोग गर्न सक्ने कम्पनीले जनाएकाे छ । शुक्रवार हस्ताक्षर गरिएको सो सम्झौतापत्रका अनुसार केडब्ल्यूडीसीले संकलन गरेको शुल्कको केही हिस्सा साझेदार संस्थाहरुलाई फिर्ता गरिनेछ जसवाट उनीहरुले विभिन्न विकासका कार्यहरु गर्न सक्नेछन् ।
यसले दुवै पक्षलाई लाभ मिल्ने अपेक्षा रहेकाे कम्पनीले जनाएकाे छ।
‘काठमाडौंमा व्यावसायिक तथा व्यवस्थित गोदाम एवम् मालवाहक ट्रक र ट्रेलरहरूको लागि सजिलो पहुँच भएको वितरण केन्द्रको ठूलो अभाव । यसका साथै, त्यस्ता सवारी साधनलाई दिनको समयमा शहरमा “नो एन्ट्री” को समस्या छ भने र रातमा ट्रक र ट्रेलरहरू शहर प्रवेश गर्न त पाउँछन् तर सामान लोड तथा अनलोड गर्नका लागि श्रमिक तथा Fork Lift Crane पाउन समस्या पर्ने गरेको छ । यी गाडीहरूको लागि कतै पनि “पार्किङ जोन” छुट्याइएको छैन । यस्ता समस्याहरुका कारण टुकहरूले सहर प्रवेश गर्दा ट्राफिकबाट सास्ती खेप्नुपरेको छ भने र काठमाडौं प्रवेश गर्न र बाहिर निस्कनमै एक दिन खेर गइरहेको छ ।’ सम्झौता पत्रमा उल्लेख छ ।
कम्पनीका अनुसार यी यावत कुरालाई ध्यानमा राखी समस्याको समाधान खोज्ने उद्देश्यले काठमाडौ वेयरहाउस एण्ड डिस्ट्रिव्यूसन सेण्टर (KWDC) प्रा. लि. को अवधारणा विकास गरी यसलाई अस्तित्वमा ल्याइएको हो। यो कम्पनी थानकोट चेकपोस्ट नजिकै नेपाल आयल निगम (NOC) डिपो जाने सडकमा अवस्थित छ । यो यस्तो स्थानमा छ जहाँ “नो एन्ट्री” को कुनै समस्या छैन । हाल १२ रोपनी जग्गामा फैलिएको यो सेण्टरले प्रशिक्षित कर्मचारीहरूबाट श्रम सेवा, फोर्कलिफ्ट र क्रेन सुविधा, प्यालेटाइजेशन सेवा, हप्ताको सातै दिन चौविसै घण्टा सुरक्षा, रिसिभिङ, अनलोडिङ, लोडिङ, भण्डारण, प्रेषण, गोदाम- देखि-गेटसम्म ढुवानी सेवा प्रदान गर्दछ ।
केडब्ल्यूडीसीमा उपलब्ध सेवाहरू:
-भण्डारण, लजिस्टिक तथा इन्भेण्ट्रि व्यवस्थापन
-सामानको परिमाणको आधारमा भाडा
-क्षेत्रको आधारमा भाडा
-खुद्रा सामानको आधारमा भाडामा
-बीमा र दावी टुंग्याउनमा सहायता
-प्रशिक्षित व्यावसायिक कर्मचारी
-लोडिङ, अनलोडिङ, वेयरहाउसिङ र स्ट्याकिंग उपकरण र सुविधाहरू
-प्याकेजिङ, पुनःप्याकेजिङ र मूल्य अभिवृद्धि
-आंशिक वा पूर्ण डेलिभरी
-दिइएको मागनिर्देशन वा विक्रेताको आवश्यकताअनुसार भण्डारण र इन्भेण्ट्रि व्यवस्थापन
-चौविसै घण्टा सीसीटीभीको निगरानी
-सामानको रियल टाइम अराइभल र डिस्प्याच
-डब्लयूएमएसको प्रयोगद्वारा वारकोडिङ र लेबलिङ
-स्टकको उपलब्धता र उत्पादन विवरणहरूको लागि डब्ल्यूएमएसमा पहुँच (इन्भेण्टि म्यानेजमेण्ट)
-इन्भ्वाइसको सफ्ट प्रतिलिपि अपलोड गर्न सकिने तथा डेलिभरी नोट डाउनलोड गर्न सकिने
-भीटीसीए सेवा
FACEBOOK COMMENTS