काठमाडौं । नेपाल धितोपत्र बोर्डले सनराइज फोकस्ड इक्विटी फण्ड योजनालाई स्वीकृति दिएको छ ।
बोर्डले सनराइज बैंक लिमिटेडद्धारा प्रवद्र्धन गरिएको तथा सन्राइज क्यापिटल लिमिटेडद्धारा व्यवस्थापन गरिने सन्राइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने उक्त योजनालाई सोमबार स्वीकृति दिएको हो ।
उक्त योजनाको आकार प्रति इकाई मुल्य १० को १२ करोड इकाई गरि जम्मा १ अर्ब २० करोड रुपैयाँको रहेको छ । यो एक बन्दमूखी सामूहिक लगानी कोष योजना हो ।
सनराइज क्यापिटल लिमिटेडले हाल सन्राइज फस्र्ट म्युचुअल फण्ड तथा सन्राइज ब्लूचिप फण्ड गरि दुईवटा बन्दमूखी सामूहिक लगानी कोष योजनाहरु सञ्चालन गरेको छ ।
FACEBOOK COMMENTS