काठमाडौं । बीएमडब्लू मोटार्डले भारतमा इलेक्ट्रीक दुई पाङ्ग्रे सवारीसाधन सार्वजनिक गर्ने तयारी गरेको छ । जमर्न कम्पनी बीएमडब्लू मोटार्डले भारतीय बजारमा इलेक्ट्रीक मोटरसाइकल र स्कुटर सार्वजनिक गर्ने योजना बनाएको हो ।
बीएमडब्ल्यू मोटार्ड इन्डियाले एक पोस्ट सार्वजनिक गर्दै चाडै भारतीय बजारमा इलेक्ट्रीक स्कुटर सार्वजनिक हुने बताएको हो । कम्पनीले डिसेम्वर १० र ११ तारिखमा देल्लिमा बीएमडब्ल्ष्यू सीइ ०४ सार्वजनिक गर्ने बताएको छ ।
कम्पनीले अमेरिकी तथा यूरोपियन बजारमा सीइ ०४ इलेक्ट्रीक म्याक्सी स्कुटर गर्दै आएको छ । अमेरिकी बजारमा यो स्कुटरको मूल्य ११ हजार ७९५ डलर रहेको छ । भारतीय बजारमा यसको मूल्य कति हुन्छ भनेर अझै केही समय कुर्नु पर्ने हुन्छ ।
बीएमडब्लू सीइ ०४ इलेक्ट्रीक म्याक्सी स्कुटरमा ८.९ किलोवाट क्षमताको ब्याट्री प्याक रहेको छ । यो स्कुटरमा रहेको मोटरले ४२ हर्स पावर तथा ६२ एनएम टर्क जेनेरेट गर्छ । यो पावर बीएमडब्लू एक्स १ पीएचइभी एसयूभको एक तिहाई पावर हो । यो स्कुटर एक पटक फुल चार्ज गरेर १३० किलोमिटरसम्म यात्रा गर्न सकिन्छ ।
यो स्कुटरमा रहेको ब्याट्री प्याकलाई ० देखि ८० प्रतिशतसम्म ६५ मिनेटमा चार्ज गर्न सकिन्छ । यसमा बीएमडब्ल्यू एसयूभीमा जस्तै होरिजेन्टल टीएफटी डिस्प्ले पाउन सकिन्छ । त्यस्तै यो स्कुटरको फ्रन्टमा ३५ एमएम टेलिस्कोपिक सस्पेन्सन तथा रियरमा अफ सेट मोनासक सस्पेन्सन दिइएको छ । यसका अलावा यसको फ्रन्टमा डबल डिस्क ब्रेक र रियरमा सिंगल डिस्क ब्रेकका साथै डबल च्यानल एबीएस रहेको छ । यो स्कुटरको टप स्पीड १२१ किलोमिटर प्रतिघन्टा रहेको छ ।
त्यस्तै यसमा तीन राइड मोड पाउन सकिन्छ । यसमा इको, रेन र रोड मोड रहेको छ भने यो पुर्णतया किलेस रिमोट रहेको छ ।
FACEBOOK COMMENTS