काठमाडाैं । महालक्ष्मी लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश कुमार भट्टराईको कार्यकाल थप भएको छ। कम्पनीको शुक्रबार (आज) बसेको ६६औँ सञ्चालक समितिको बैठकले भट्टराईलाई नै सीईओ पदमा निरन्तरता दिने निर्णय गरेको हो।
बीमा तथा बैकिङ्ग क्षेत्रमा करिब ३५ वर्षे लामो अनुभव भएका भट्टराई महालक्ष्मी लाईफमा नै अर्को ४ वर्ष अवधिको लागि सीईओको जिम्मेवारीमा रहनेछन्।
भट्टराईले वाणिज्य विषयमा स्नाकोत्तर र कानूनमा स्नातक तह अध्ययन गरेका छन्।
उनीसँग बीमा तथा बैंकिङ क्षेत्रमा प्रमुख कार्यकारी अधिकृत रूपमा महालक्ष्मी फाइनान्स लि, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि, एशियन लाईफ इन्स्योरेन्स कम्पनी लि र महालक्ष्मी विकास बैंक लिमा २२ वर्ष भन्दा बढी अवधि कार्य गरेका छन् ।