काठमाडौं । सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीले कात्तिक महिनासम्म १३ अर्ब ३५ करोड ८५ लाख ८१ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।
कम्पनीहरुले ९ लाख १९ हजार १३८ वटा बीमालेख जारी गरेर उक्त रकम बीमा शुल्क आर्जन गरेका हुन् । यस्तै, कात्तिक महिनामा मात्रै निर्जीवन बीमा कम्पनीले २ अर्ब ५१ करोड ६१ लाख २९ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । कात्तिकमा मात्रै कम्पनीहरुले २ लाख २९ हजार ६७० वटा बीमालेख जारी गरेका हुन् ।
कात्तिक महिनासम्ममा सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनीले बीमा शुल्क आर्जन गरेको छ । कात्तिकमा कम्पनीले १५ हजार १ सय २१ वटा बीमालेख जारी गरेर १ अर्ब ३१ करोड ११ लाख ३१ हजार रुपैयाँको बीमा शुल्क आर्जन गरेको छ ।
यस्तै शिखर इन्स्योन्स कम्पनीले ८१ हजार ६ सय ३८ वटा बीमा लेख जारी गरेर १ अर्ब २७ करोड ३ लाख ७७ हजार रुपैयाँको बीमाशुल्क आर्जन गरेको छ । तेस्रो नम्बरमा रहेको सगरमाथा इन्स्योरेन्सले ७८ हजार ७७६ वटा बीमा लेख जारी गरेर १ अर्ब ६ करोड ८७ लाख ८३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
यता नेको इन्स्योरेन्सले ९५ हजार ८१८ हजार वटा बीमालेख जारी गरेर १ अर्ब ४ करोड २६ लाख रुपैयाँ १ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यो अवधिमा सबैभन्दा कम सानिमा इन्स्योरेन्सको रहेको छ । सानिमाले १० हजार ४५६ वटा बीमालेख जारी गरेर ११ करोड ६० लाख ७५ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
FACEBOOK COMMENTS