काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको साधारणसभा आज बस्दैछ ।
बैंकको ३६औं वार्षिक साधारणसभा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा दिउँसो १ बजेदेखि सुरु हुनेछ । सभाले लगानीकार्तालाई दिन प्रस्ताव गरिएको १६.५१ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाहमा पनि छलफल हुनेछ । प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव रहेको छ । सभाका लागि मंसिर ७ गते बुक क्लोज गरिसकेको छ । ६ गतेसम्म कायम रहेका लगानीकर्ता सभामा भाग लिन सक्नेछन् ।
FACEBOOK COMMENTS