काठमाडौं । बैंकहरुले पुसमा निक्षेपको ब्याजदर नबढाउने भएका छन् ।
नेपाल बैंकर्स संघले यस्तो निर्णय गरेको हो । यससँगै व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम १२.१३३ प्रतिशत, बचतको ९.१३३ प्रतिशत र संस्थागत मुद्दति निक्षेपको १०.१३३ प्रतिशतको ब्याजदरले निरन्तरता पाउने भएको हो ।
रेमिट्यान्स निक्षेपमा भने बचत र मुद्दति दुवैमा न्यूनतम १ प्रतिशत बिन्दुले बढी ब्याजदर दिनुपर्ने प्रावधान रहेको छ ।
संघका अनुसार , बैंकिङ प्रणालीमा तरलता सहज हुँदै गएको छ । यसका बावजुत पुसमा आयकरको प्रथम किस्ता भुक्तानी गर्नुपर्छ । पुनर्कर्जा सुविधा नवीकरण नहुने अवस्था र पुसपछि स्थानीय तहको सञ्चित कोषको ५० प्रतिशत मात्रै निक्षेपमा गणना गर्न पाइने प्रावधानका कारण पुःन दबाव बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै पुसमा निक्षेपको ब्याजदर यथावत राख्ने निर्णय भएको छ ।
FACEBOOK COMMENTS